१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

मोहम्मद जयन्तीमा मुस्लिम समुदायलाई सार्वजनिक विदा

कान्तिपुर संवाददाता

काठमाडौँ — मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्ती १४९६ को अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त निर्णय गरेको जानकारी दिएका हुन् ।

मोहम्मद जयन्तीमा मुस्लिम समुदायलाई सार्वजनिक विदा

'मोहम्मद जयन्ती १४९६ को अवसरमा कात्तिक २ गते मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय भएको छ,' मन्त्री कार्कीले भने ।

यस्तै, मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा स्कटल्यान्डमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी 'वर्ल्ड लिडर समिट'मा सहभागी हुने प्रतिनिधिमण्डलसमेत गठन गरेको मन्त्री कार्कीले जानकारी दिए ।

यसवाहेक श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई 'अबुधावी डायलग'को छैटौं मन्त्रीयस्तरीय बैठकमा सहभागी हुनका लागि बैठकले स्वीकृति दिने निर्णय गरेको बताइएको छ ।

प्रकाशित : कार्तिक १, २०७८ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?