कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अरुणखोलानजिकै बस पल्टियो : ४२ जना घाइते

नारायण शर्मा

नवलपरासी पूर्व — महेन्द्र राजमार्गको अरुणखोलानजिक यात्रुवाहक बस अनियन्त्रित भएर पल्टिँदा ४२ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार त्रिवेणीबाट काठमाडौं हिँडेको लु १ ख ९४७६ नम्बरको बस सोमबार बिहान अरुणखोला र दुम्किबासबीचको जंगलमा पल्टिएको हो ।

घाइतेमध्ये ३७ जनाको कावासोतीस्थित जिल्ला अस्पताल र अन्य ५ जनाको दुम्किबासको एक क्लिनकमा उपचार भइरहेको छ । घाइते सबै खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक १, २०७८ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?