भारतका वित्त राज्यमन्त्री चौधरीद्वारा मनकामना मन्दिरको दर्शन - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतका वित्त राज्यमन्त्री चौधरीद्वारा मनकामना मन्दिरको दर्शन 

हरिराम उप्रेती

गोरखा — भारतका वित्त राज्यमन्त्री पंकज चौधरीले मनकामना मन्दिरको दर्शन गरेका छन् । आइतबार दिउँसो करिब साडे ३ बजे चौधरी मनकामना मन्दिर पुगेका थिए । ‘दर्शनका लागि आउनुभएको रहेछ, करिब ५ मिनेट पूजा गर्नुभयो, आधा घण्टा मन्दिर क्षेत्र घुमेर फर्कनुभयो,’ मनकामना मन्दिरका पुजारी इन्सान थापाले भने ।  

उनको भ्रमण धार्मिक र निजी रहेको बताइएको छ । मन्त्री चौधरीलाई लक्षित गरी आइतबार दिउँसो मनकामना क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको थियो । मन्दिर दर्शनसँगै चौधरी सहितको टोलीले केबलकारको तल्लो स्टेसनमा केहीबेर बिताएका छन् । मन्त्री चौधरी आइतबार राति चितवनको रिभरसाइड रिसोर्टमा बास बस्ने तय भएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी ओम अधिकारीले बताए ।

उनी बास बस्ने रिसोर्ट क्षेत्रमा पनि सुरक्षा व्यवस्था मजबुद पारिएको सुरक्षा स्रोतले जनाएको छ । उनी सुनौली भरहवा स्थलमार्ग हुँदै मनकामना दर्शनका लागि आएका हुन् । उनी भारतीय जनता पार्टीका नेतासमेत हुन् ।


प्रकाशित : आश्विन ३१, २०७८ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्

२४ घण्टामा नेपालमा ३८५ कोरोना संक्रमित थपिए, ६८० संक्रमणमुक्त, ६ जनाको मृत्यु 

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ३८५ कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ६ हजार ९६६ पीसीआर परीक्षणमा ३८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जानकारी दिएको छ ।

यस्तै १ हजार १११ एन्टिजेन परीक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन विधिबाट गरिएको ८ हजार ७७ परीक्षणमा ३९१ संक्रमित भएका छन् । यो सँगै नेपालमा पीसीआर परीक्षणबाट कोरोना संक्रमित पुष्टि हुनेको संख्या ८ लाख ५ हजार ३७ पुगेको छ ।

२४ घण्टामा थप ६८० जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ७१ हजार ४५६ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २८४ पुगेको छ । सक्रिय संक्रमित को संख्या १२ हजार २९७ रहेको छ ।


प्रकाशित : आश्विन ३१, २०७८ १७:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×