२४ घण्टामा नेपालमा ३८५ कोरोना संक्रमित थपिए, ६८० संक्रमणमुक्त, ६ जनाको मृत्यु - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घण्टामा नेपालमा ३८५ कोरोना संक्रमित थपिए, ६८० संक्रमणमुक्त, ६ जनाको मृत्यु 

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ३८५ कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ६ हजार ९६६ पीसीआर परीक्षणमा ३८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जानकारी दिएको छ ।

यस्तै १ हजार १११ एन्टिजेन परीक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन विधिबाट गरिएको ८ हजार ७७ परीक्षणमा ३९१ संक्रमित भएका छन् । यो सँगै नेपालमा पीसीआर परीक्षणबाट कोरोना संक्रमित पुष्टि हुनेको संख्या ८ लाख ५ हजार ३७ पुगेको छ ।

२४ घण्टामा थप ६८० जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ७१ हजार ४५६ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २८४ पुगेको छ । सक्रिय संक्रमित को संख्या १२ हजार २९७ रहेको छ ।


प्रकाशित : आश्विन ३१, २०७८ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्

मोहम्मद मृत्यु प्रकरणका दोषीमाथि कारबाही गर्ने गृहमन्त्रीको प्रतिवद्धता

कान्तिपुर संवाददाता

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाणले सुनसरीका मोहम्मद हकीम साहको मृत्यु प्रकरणमा छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् ।


भोक्ताहा नरसिंह गाउँपालिकाका साहको २४ असोजमा जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा मृत्यु भएको थियो । उनको मृत्युबारे सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै आइतबार मुस्लिम समुदायसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरुले गृहमन्त्री खाणलाई ज्ञापनपत्र बुझाएका छन् ।

जवाफमा मन्त्री खाणले नागरिकको जीवन रक्षा गर्न सरकार सधैँ तत्पर रहेको बताए । उनले सामाजिक सद्भाव कायम राख्दै तथ्य बाहिर ल्याउन सरकार र आफू संवेदनशील रहेको बताए ।

ज्ञापनपत्र बुझाउन इस्लामी संघका अध्यक्ष खुर्शिद आलम, नेपाल मुस्लिम संघका महासचिव रहमतुल्ला मियाँ, राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीसहित ११ जना मन्त्रालयमा पुगेका थिए ।

प्रकाशित : आश्विन ३१, २०७८ १७:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×