२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०२

क्रान्तिकारी माओवादी महासचिव वैद्य अस्पताल भर्ना

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन् । दम बढेपछि वैद्यलाई शनिबार साँझ नर्भिक अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

क्रान्तिकारी माओवादी महासचिव वैद्य अस्पताल भर्ना

'उहाँलाई घरमै अक्सिजन दिएर उपचार गरिँदै आएको थियो । दम बढेपछि अस्पताल भर्ना गरिएको हो,' परिवारका एक सदस्यले भने, 'उहाँको इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ ।'

नर्भिक अस्पताल स्रोतले वैद्यलाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको जनाएको छ ।

प्रकाशित : आश्विन ३१, २०७८ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?