कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुटतन्त्रको आहालमा समृद्धि फुल्दैन : केसी

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस नेता अर्जुननरसिंह केसीले भ्रष्टाचार र लुटतन्त्रको आहालमा समृद्धि र गरिबी निवारण फुल्न नसक्ने बताएका छन् । उनले व्यवहारमा लुटतन्त्रको अन्त्य र भ्रष्टाचार काण्डको निष्पक्ष छानबिनले मात्रै गरिबी निवारणको दिशा निर्देश गर्ने बताए ।

लुटतन्त्रको आहालमा समृद्धि फुल्दैन : केसी

अन्तराष्ट्र्रिय गरिबी निवारण दिवसको सन्दर्भमा नेता केसीले सामाजिक सञ्जालमा भनेका छन्, ‘हिलोमा कमल त फूल्छ । तर समृद्धि र गरिबी निवारण भ्रष्टाचार र लुटतन्त्रको आहालमा किमार्थ फूल्दैन ।’

उनले बोलीमा मात्रै नभई व्यवहारमा पनि क्रिप्टोक्रेसी लागू हुनुपर्ने बताएका छन् । ‘बोलीमा होइन, व्यवहारमा क्रिप्टोक्रेसी, लुटतन्त्रको अन्त्य र चर्चित भ्रष्टाचार काण्डको निष्पक्ष छानबिनको जगमा मात्र गरिबी निवारणले दिशा निर्देश गर्छ,’ केसीले भनेका छन् ।


प्रकाशित : आश्विन ३१, २०७८ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?