१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ओलीको आरोप : वर्तमान सरकार सट्टापट्टाबाट बनेको हो

अर्जुन राजवंशी

बिर्तामोड — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार बाटर (सट्टापट्टा)को सिस्टमबाट बनेको आरोप लगाएका छन् । उनले सट्टापट्टा मिलाउने क्रममा जेठानको मामलाले बडा चर्चा पाएको भन्दै कटाक्ष गरे ।

ओलीको आरोप : वर्तमान सरकार सट्टापट्टाबाट बनेको हो

‘जेठानको मामलाले सट्टापट्टा भएको त स्पष्ट देखियो । अरु के के भएको थियो, पछि देखिएला’ पूर्व प्रधानमन्त्री ओलीले भने, ‘पहिला ब्यापारमा पैसाको कारोबार हुँदैनथ्यो बाटर सिस्टम हुन्थ्यो धेरै । यो सरकार बनाउँदा पैसाको कारोबार भयो भएन त थाहा भएन । बाटर सिस्टम चाहिँ यसपल्ट देखियो । सट्टापट्टा, खुर्सानी दिने पीठो लिने, के दिने अर्को लिने, यस्तो चलन थियो उहिले उहिले । अहिले सरकार बनाउँदा पनि त्यस्तै देखियो ।’

नेता ओलीले परमादेशबाट धर्तीमा पहिलोपल्ट सरकार बनेको भन्दै टिप्पणी समेत गरे । गृहजिल्ला झापाको बिर्तामोडमा बिहीबार उनी आफैँले आयोजना गरेको बडा दसैंको शुभकामना आदानप्रदान कार्यक्रममा यस्तो बताएका हुन् ।

यस्तै उनले अर्ली इलेक्सनको आशंकासमेत व्यक्त गरेका छन् । उनले संसदसमेत राम्ररी नचलेको, तीन महिनापछि मन्त्रीमण्डल विस्तार गरेको त्यो पनि सट्टापट्टा मिलाउनका लागि भएकाले निर्धारित समयअघि नै आम चुनाव हुनसक्ने शंका व्यक्त गरे ।

उनले अर्ली इलेक्सनतर्फ सचेत रहँदै एमालेले नेतृत्व गरिरहेका प्रदेश सरकार र स्थानीय तहका प्रमुखहरुलाई बाँकी समयमा लोकप्रिय र व्यवस्थित विकास निर्माणका काम गर्न निर्देशन दिए ।

प्रकाशित : आश्विन २८, २०७८ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?