कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई महिलाका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्छौं : गृहमन्त्री खाँण

कान्तिपुर संवाददाता

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले बाँकेका दुई महिलाका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्ने बताएका छन् । गृहमन्त्री खाँणले बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नहरुलाई तत्काल अनुसन्धान गरी कानुनबमोजिम कडा कारबाही गर्ने बताएका हुन् । आइतबार सिंहदरबारमा पुगेर महिला अधिकारकर्मीहरुले सो घटनाका दोषीमाथि कडा कारबाही गर्न गृहमन्त्री खाँणलाई ज्ञापन पत्र बुझाएका थिए । त्यसक्रममा गृहमन्त्री खाँणले पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको बताएका थिए । 

दुई महिलाका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्छौं : गृहमन्त्री खाँण

‘नेपाली जनताको जीवनरक्षा गर्ने राज्यको दायित्व हो । कुनै पनि नेपाली जनताले अनाहकमा जीवन गुमाउन नपरोस् त्यसमा हामी गम्भीर छौं । र, जनताको जीवनरक्षाका लागि महिला दिदीबहिनीहरुको रक्षाका लागि राज्य र सरकार गम्भीर छ,’ मन्त्री खाँणले भने, 'यी भएका घटनाहरुको बारेमा तत्काल अनुसन्धान पनि हुन्छ । कानुनको रक्षा गर्ने दायित्व पनि सरकारको हो । कानुन बमोजिम नै कारबाही हुन्छ ।’

गृहमन्त्री खाँणले सरकारले महिलामाथि हुने हत्या, हिंसालगायतका आपराधिक घटना नियन्त्रण गर्न गम्भीर भएर लागिपरेको दाबीसमेत गरे । त्यस क्रममा महिला अधिकारकर्मीहरुले पीडितको न्यायका लागि दोषीमाथि कडा कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका महिला सुरक्षा दवाव समूहकी सुशीला श्रेष्ठले बताइन् ।

महिला अधिकारकर्मीहरुले पीडितको न्याय खोजी गर्दै नेपालगन्जबाट पैदलै काठमाडौं आई प्रदर्शन गरिरहेकाहरुलाई प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिएको भन्दै तत्काल रिहा गर्न पनि माग गरेका छन् ।


प्रकाशित : आश्विन २४, २०७८ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?