कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनी प्रदेश सरकार विस्तार,  ६ मन्त्री र ४ राज्यमन्त्री थपिए

घनश्याम गौतम

रूपन्देही — लुम्बिनी प्रदेश मन्त्रिपरिषद्‍मा ६ मन्त्री र ४ राज्यमन्त्री थपिएका छन् । मुख्यमन्त्री कुलप्रसाद केसीले आइतबार नयाँ मन्त्री नियुक्त गर्दै १७ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

लुम्बिनी प्रदेश सरकार विस्तार,  ६ मन्त्री र ४ राज्यमन्त्री थपिए

नवनियुक्त सबै मन्त्रीहरुले आइतबार नै प्रदेश प्रमुख कार्यालयमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ लिएका छन् ।

६ मन्त्रीलाई प्रदेश प्रमुख अमिक शेरचनले र ४ राज्यमन्त्रीलाई मुख्यमन्त्री केसीले शपथ गराएका थिए । कांग्रेस, माओवादी, जसपाको गठबन्धनबाट गत साउन २८ मा ७ सदस्यीय मन्त्रीमण्डल गठन भएको थियो ।

लुम्बिनीमा कांग्रेसका ४ मन्त्री र २ राज्यमन्त्री, माओवादीको मुख्यमन्त्रीसहित ४ मन्त्री र २ राज्यमन्त्री, जसपाका ३ मन्त्री, नेकपा (एकीकृत समाजवादी)का एक मन्त्री र एक स्वतन्त्र सांसद पनि मन्त्री बनेका छन् ।


प्रकाशित : आश्विन २४, २०७८ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?