कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्त्री हमालले बुझाए राजीनामा पत्र

कान्तिपुर संवाददाता

काठमाडौँ — विवादमा आएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन् । केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर हमालले राजीनामा पत्र बुझाएका हुन् । 

मन्त्री हमालले बुझाए राजीनामा पत्र

प्रधानमन्त्रीको सचिवालयका अनुसार हमाल राजीनामा पत्र दिएर फर्किएका छन् । सचिवालय स्रोतले भन्यो, 'उहाँले राजीनामा पत्र बुझाउनु भएको छ । '

मन्त्रिपरिषद्‌मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’ मा हमाललाई मन्त्री बनाइएको भन्दै चौतर्फी विरोध भएपछि उनले राजीनामा दिएका छन् ।

विवादमा आएपछि प्रधानमन्त्री शेरबहदुर देउवाले पनि हमाललाई राजीनामा दिन भनेका थिए ।

हमाल शुक्रबार मात्रै आपूर्ति मन्त्रीमा नियुक्त भएका थिए ।

सम्बन्धित समाचार :

प्रकाशित : आश्विन २४, २०७८ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?