२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

२४ घण्टामा नेपालमा ७१५ कोरोना संक्रमित, १ हजार ३३ संक्रमणमुक्त, १० जनाको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ७१५ कोरोना संक्रमित थपिएका छन् ।  देशभर गरिएको ९ हजार ४६६ पीसीआर परीक्षणमा ७१५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

२४ घण्टामा नेपालमा ७१५ कोरोना संक्रमित, १ हजार ३३ संक्रमणमुक्त, १० जनाको मृत्यु

यस्तै १ हजार २२२ एन्टिजेन परीक्षणमा ४९ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन विधिबाट गरिएको १० हजार ६८८ परीक्षणमा ७६४ संक्रमित भएका छन् ।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९९७ पुगेको छ ।

२४ घण्टामा थप १ हजार ३३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ७४ हजार १७३ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २१० पुगेको छ ।

हालसम्म देशभर ४२ लाख ७३ हजार ५३३ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २४१ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या १५ हजार ६१४ छ ।

२४ घण्टामा खोप लगाएकाको संख्या ४३ हजार ९४१ रहेको छ ।





प्रकाशित : आश्विन २२, २०७८ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?