कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

विद्यार्थीको आत्महत्या दुरुत्साहन आरोपमा प्रधानाध्यापक पक्राउ

कान्तिपुर संवाददाता

बाँके — कोहलपुरस्थित दीपज्योति सेकेन्डरी स्कुलका प्रधानाध्यापक दमन पाण्डेलाई आफ्नै छात्राको आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीले पक्राउ गरेको छ । एक साताअघि १७ वर्षीया छात्राले आत्महत्यामा प्रिन्सिपल पाण्डेको दुरुत्साहन गरेको हुनसक्ने भन्दै प्रहरीले पक्राउ गरेको हो ।

विद्यार्थीको आत्महत्या दुरुत्साहन आरोपमा प्रधानाध्यापक पक्राउ

सोही स्कुलबाट गत वर्ष एसईई परीक्षा दिएकी एलिसा शाहले गत साता आत्महत्या गरेकी थिइन् । मृतकको मोबाइलमा प्रिन्सिपल पाण्डेले पठाएका अश्लील म्यासेज र तस्बिर देखिएपछि मृतकका परिवार र आफन्तले आत्महत्या गराउनुमा प्रिन्सिपलको भूमिका देखिएको भन्दै स्कुलमा ढुंगामुडासमेत गरेका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा प्रिन्सिपल पाण्डेले छात्रा शाहलाई वर्षौँदेखि दुर्व्यवहार गर्दै आएको देखिएको छ । 'बाल्यकालदेखि नै शाह उक्त स्कुलको होस्टेलमा बसेर पढेको र त्यसबेलादेखि नै उनीमाथि प्रिन्सिपलले अश्लील म्यासेज र तस्बिर पठाएको पाइयो," इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रवीन्द्र खनालले बताए । उनका अनुसार शुक्रबार नै इलाका प्रहरी कार्यालयमा प्रिन्सिपल पाण्डेमाथि आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ ।

गत साता शाह आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएकी थिइन् । घटनापछि उनको मोबाइलमा पाण्डेले अश्लील एसएमएस पठाउने गरेको पाएपछि परिवार र आफन्तले उजुरी दिएका थिए ।

प्रकाशित : आश्विन २२, २०७८ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?