कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा (एस) काे चुनाव चिन्ह फेरियो, ‘कलम’ रहने  

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)ले आफ्नो चुनाव चिन्ह फेरेको छ । यसअघि किताब प्रस्तावित गरिएकोमा अब कलम चिन्ह हुनेछ । स्थायी कमिटीको बिहीबारको बैठकले चिन्ह फेरबदल गर्ने निर्णय गरेको हो । उक्त चिन्ह यसअघि माधव नेपाल निकट युवा नेता जीवन राईको नाममा दर्ता भएको नेकपा एकीकृत पार्टीले पाएको थियो । राई पनि नेपालकै पार्टीमा रहने भएपछि चिन्ह फेरेर उक्त चिन्ह नेकपा (एस)मा ल्याउन लागिएको हो ।

नेकपा (एस) काे चुनाव चिन्ह फेरियो, ‘कलम’ रहने  

यसैबीच नेकपा (एस)ले पार्टीको केन्द्रीय कार्यालय र केन्द्रीय सचिवालयको टुंगो लगाएको हो । केन्द्रीय सचिवालय महासचिव बेदुराम भुसालको नेतृत्वमा ११ सदस्यीय हुनेछ । केन्द्रीय कार्यालयमा पनि महासचिव भुसालको नेतृत्वमा ५ जनाको हुनेछ ।

प्रकाशित : आश्विन २१, २०७८ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?