कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस सहमहामन्त्री महतको नेतृत्वको टोली  भारत प्रस्थान

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरुको टोली बिहीबार भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेको छ । 

कांग्रेस सहमहामन्त्री महतको नेतृत्वको टोली  भारत प्रस्थान

भारतीय जनता पार्टीको निमन्त्रणामा महत नेतृत्वको टोली बिहीबार त्यसतर्फ लागेको हो । सो टोलीमा नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदयशम्शेर राणा छन् । पाँच दिनको भ्रमणका क्रममा उनीहरुले भारतीय जनता पार्टीका अध्यक्ष तथा नेताहरुका साथै भारतीय विदेशमन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका महतको आमन्त्रणामा केही हप्ताअघि भारतीय जनता पार्टीको विदेश विभागका प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएका थिए । त्यस भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, सहमहामन्त्री महतसहित नेपाली कांग्रेस र अन्य राजनीतिक दलका नेतासँग भेटवार्ता गरेका थिए ।

त्यसपछि भारतीय जनता पार्टीको आमन्त्रणामा महत नेतृत्वको टोली बिहीबार भारत लागेको हो । दिल्ली प्रस्थान गर्नुअघि महतले यो भ्रमणले नेपाली कांग्रेस र भारतीय जनता पार्टीका साथै नेपाल र भारत सरकारबीचको सम्बन्धलाई थप सुदृढ गर्न सहयोग गर्ने बताए ।

उनले भने,'केही अघि भारतीय जनता पार्टीका नेता नेपाल आउनुभयो र आज हामी भारततर्फ जाँदैछौँ, दुई दलबीचको यो भ्रमण आदानप्रदानले आपसी समझ्दारी र एक अर्काप्रतिको बुझाइमा सहयोग पुर्‍याउने छ ।'


प्रकाशित : आश्विन २१, २०७८ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?