कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनगणनामा छुटेकालाई मौका

कान्तिपुर संवाददाता

काठमाडौँ — केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत घर तथा घरपरिवार सूचीकरणमा छुटेकालाई पुनः मौका दिएको छ । त्यसका निम्ति विभागको टोल फ्रि नम्बर वा वेबसाइटमा आफ्नो घर ठेगाना दिन विभागले भनेको छ । 

जनगणनामा छुटेकालाई मौका

गत भदौ ३० गते सुरु भएको घर तथा घरपरिवार सूचीकरण कार्य सोमबार सकिएको छ ।

विभागले मंगलबार विज्ञप्ति जारी गर्दै ‘यस चरणमा कुनै परिवार छुटेको भए विभागको टोल फ्रि नम्बर ११७८ मा फोन गर्न वा वेबसाइटको लिंक प्रयोग गरी आफ्नो घरठेगानाको जानकारी दिन’ अनुरोध गरेको हो ।

आगामी कात्तिक २५–मंसिर ९ मा सम्पन्न हुने मूल जनगणनामा सबैको सहभागिताका निम्तिसमेत विभागले आह्वान गरेको छ ।

प्रकाशित : आश्विन १९, २०७८ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?