कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश २ मा संविधानको अपव्याख्या गरी सरकार सञ्चालन : सोनल

सन्तोष सिंह

धनुषा — प्रदेश २ का प्रमुख प्रतिपक्ष लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका नेता जितेन्द्र सोनलले मुख्यमन्त्री लालबाबु नेतृत्वको सरकार अवैधानिक रहेको बताएका छन् । मुख्यमन्त्री राउतले संविधानको धारा १८८ को उपधारा २ लाई अपव्याख्या गरी सरकार चलाएको सोनलले बताए ।

प्रदेश २ मा संविधानको अपव्याख्या गरी सरकार सञ्चालन : सोनल

‘निर्वाचन आयोगबाट हामीले भदौ ९ गते लोसपाको प्रमाण पत्र लियौं, नेता सोनलले भने,‘दल विभाजन ९ गते नै भयो । विश्वासको मत दल विभाजन भएको ३० दिनभित्र असोज ७ सम्म लिनुपर्ने थियो । ७ गतेपछि मुख्यमन्त्रीले संविधान उल्लंघन गरी सरकार सञ्चालन गर्दैछन् ।’

संविधानको गलत ब्याख्या गरी मुख्यमन्त्री राउतले सरकार सञ्चलान गरेकोले लोसपाले प्रदेशसभामा प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनले बताए ।

मुख्यमन्त्रीले संविधानको धारा १८८ अनुसार दल विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था छ । निर्वाचन आयोगले भदौ ९ गते जसपा विभाजन भएर लोसपा गठन भएको र प्रदेश सांसदहरु सनाखत गरेको जानकारी भदौ २५ गते प्रदेशसभा सचिवालयलाई जानकारी गराएको छ ।

सोनलका अनुसार दल विभाजनको मिति भदौ ९ लाई मानेको खण्डमा मुख्यमन्त्रीले विश्वासको मत लिने समय असोज ७ गतेसम्म थियो । तर मुख्यमन्त्री राउतले बुधबार प्रदेश सभामा विश्वासको मत लिँदैछन् । पूर्वराजपा र संघीय समाजवादी पार्टी मिलेर बनेको जसपाबाट राउत मुख्यमन्त्री बनेका थिए ।


प्रकाशित : आश्विन १९, २०७८ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?