कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्वभर फेसबुक, मेसेन्जर र ह्वाट्सएप डाउन

कान्तिपुर संवाददाता

काठमाडौँ — सोसल मिडिया प्लेटफर्म ह्वाट्सएप, फेसबुक, इन्स्टाग्राम र फेसबुक मेसेन्जर केही समयदेखि डाउन भएको छ ।

विश्वभर फेसबुक, मेसेन्जर र ह्वाट्सएप डाउन

डाउन डिटेक्टर डट कमका अनुसार विश्वभरका हजारौं प्रयोगकर्ताले केही समयदेखि यी एप प्रयोग गर्न पाएका छैनन् ।

फेसबुक मेसेन्जर र ह्वाट्सएपबाट म्यासेज गएको छैन भने डेस्कटपमा समेत फेसबुक खुलेको छैन । फेसबुकको वेबपेजमा डोमेन नेम सिस्टम(डीएनएस) इरर देखाइरहेको छ ।

यतिबेला अर्को सामाजिक सञ्जाल ट्विटरमा फेसबुक, ह्वाट्सएप र मेसेन्जर नचेलेको भन्दै गरिएका पोस्ट ट्रेन्डिङमा आउन थालेका छन् । ट्विटरमा २४ लाखभन्दा बढी ह्वाट्सएप लेखिएर पोस्ट भइसकेको छ ।

फेसबुकले भने छिट्टै समस्या समाधान हुने बताएको छ । समस्या पहिचानका लागि काम भइरहेको उल्लेख गर्दै फेसबुकले छिट्टै समस्या समाधान हुने बताएको हो ।

प्रकाशित : आश्विन १८, २०७८ २२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?