कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

दोलखा कांग्रेसमा देउवा पक्ष तेस्रो तर निर्णायक

केदार शिवाकोटी

दोलखा — सभापति शेरबहादुर देउवा समूहको पकड मानिएको दोलाखा कांग्रेसको १४औं जिल्ला अधिवेशनमा रामचन्द्र पौडेल समूह ४३ प्रतिशत मत ल्याउँदै अगाडि देखिएको छ । कुल खसेको १५४५ मतमध्ये पौडेल समूहका सभापति उम्मेदवार बर्मा लामाले ६४३ मत ल्याएका हुन् ।

दोलखा कांग्रेसमा देउवा पक्ष तेस्रो तर निर्णायक

देउवा समूहका सभापति उम्मेदवारले भने तेस्रो मत पाएका छन् । यस्तै कृष्णप्रसाद सिटौला पक्षका सभापति उम्मेदवार ताराकुमार खड्का ३९७ मत ल्याउँदै दोस्रो बनेका छन्।

देउवा पक्षका सभापति उम्मेदवारले ३५८ मत पाएर तेस्रो बनेका हुन् । तीन समूहबीच भएको प्रतिष्पर्धामा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा दोलखामा सोमबार फेरि मतदान हुने निर्वाचान समितिले जनाएको छ । महाधिवेशन प्रतिनिधिको मतगणना पनि सोमबार नै सुरु हुने समितिले जानकारी दिएको छ ।

सोमबार हुने पुन: मतदानमा पहिलो र दोस्रो मत पाएका (पौडेल र सिटौला समूह) उम्मेदवारबीच मात्रै प्रतिष्पर्धा हुनेछ । जसअनुसार सभापतिमा विजयी बन्न नसके पनि सभापति चयनमा देउवा पक्ष निर्णायक मानिएको छ ।

प्रकाशित : आश्विन १७, २०७८ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?