कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कांग्रेस काठमाडौं महानगरमा शाक्यको प्यानलै विजयी

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको काठमाडौं महानगरपालिका सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन् । शाक्य नेतृत्वको प्यानलै भारी मतान्तरसहित विजयी भएको मतदान अधिकृत नरेन्द्र केसीले बताए ।

कांग्रेस काठमाडौं महानगरमा शाक्यको प्यानलै विजयी

‘मतगणना अन्तिम चरणमा पुगेको छ । तर, अहिलेसम्मको परिणाम हेर्दा दोब्बरभन्दा धेरैले मतान्तर छ,’ केसीले इकान्तिपुरसँग भने, ‘नीलकाजी शाक्यको प्यानलै विजयी हुनुभएको छ ।’ कांग्रेस नेता प्रकाशमान सिंह र गगन थापाको संयुक्त गठबन्धनबाट सभापति जितेका ६५ वर्षीय शाक्य काठमाडौं महानगरपालिका–२५ का सभापतिसमेत हुन् ।

उनको प्यानलबाट उपसभापतिमा सन्तकुमार महर्जन र सुशील ढकाल, सचिवमा सुसन वैद्य र पुरुषोत्तम खकुरेल, सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर विजयी भएका छन् । यहाँ संस्थापन पक्षबाट सभापतिमा प्रगतिमान रञ्जित, उपसभापतिमा सुविरनाथ खनाल र भरत तन्दुकार, सचिवमा सम्झना भट्टराई र रमेश उप्रेती, सहसचिवमा इन्द्ररत्न बज्रचार्य र मुना सिटौला उम्मेदवार थिए ।

प्रकाशित : आश्विन १७, २०७८ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?