कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सल्यान: माइत जान हिँडेकी महिला मृत भेटिइन्

थप अनुसन्धान गरिँदै
विप्लव महर्जन

सल्यान — सल्यानको बाग्चौर नगरपालिकास्थित एक महिला आइतबार मृत अवस्थामा फेला परेकी छन् । बाग्चौर नगरपालिका २ गैरी निवासी अन्दाजी ५४ वर्षीया रामकली खत्री ठाटीचौरको कच्ची सडकमा मृत अवस्थामा फेला परेकी हुन् ।

सल्यान: माइत जान हिँडेकी महिला मृत भेटिइन्

शनिवार अपराह्न करिब ५ बजेतिर घरबाट माइत जान्छु भनेर हिँडेकी खत्री घरदेखि करिब एक किलोमिटर दूरीमा पर्ने ठाटीचौर नजिकै सडकमा मृत अवस्थामा भेटिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रनाउ गोबिन्द थापाले घटना शंकास्पद रहेको बताए । उनका अनुसार महिलाको शवलाई नउठाइकन सुरक्षाकर्मीको घेरा लगाएर राखिएको छ ।

साथै थप अनुसन्धानका लागि कोहलपुरबाट तालिमप्राप्त कुकुरसहित प्रहरी टोली घटनास्थलतर्फ गइरहेको उनले जानकारी दिए । तालिमप्राप्त कुकरबाट अनुसन्धान भएपछि मात्र शव उठाएर पोष्टमार्टम् गरिने उनको भनाइ छ ।

प्रकाशित : आश्विन १७, २०७८ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?