कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थप ६५९ मा कोरोना संक्रमण, १ हजार १२३ डिस्चार्ज, ९ जनाको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ६५९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर गरिएको ५ हजार ५९८ पीसीआर परीक्षणमा शनिबार थप ६५९ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ९६ हजार ६१८ पुगेको छ ।

थप ६५९ मा कोरोना संक्रमण, १ हजार १२३ डिस्चार्ज, ९ जनाको मृत्यु

यस्तै एन्टिजेन विधिद्वारा गरिएको २ हजार ६७ परीक्षणबाट २०८ जनामा पोजिटिभ देखिएको छ ।

२४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको ८ हजार २१९ परीक्षणमा ८६७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार १२३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ६७ हजार ८१९ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १५७ पुगेको छ ।

हालसम्म देशभर ४२ लाख २१ हजार ९३ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २३९ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या १७ हजार ६४२ छ ।

प्रकाशित : आश्विन १६, २०७८ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?