कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

कुमार पौडेलको 'फेक इन्काउन्टर'मा जाहेरी दर्ता गरी जवाफ पठाउन सरकारी वकिललाई सर्वोच्चको पत्र

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्लाहीका कुमार पौडेललाई प्रहरीले 'फेक इन्काउन्टर' बाट हत्या गरेको घटनामा जाहेरी दर्ता गर्न आदेश दिएको तीन दिनपछि सर्वोच्च अदालतले उक्त आदेश कार्यान्वयन गर्न सरकारी वकिलको कार्यालयलाई पत्राचार गरेको छ ।

कुमार पौडेलको 'फेक इन्काउन्टर'मा जाहेरी दर्ता गरी जवाफ पठाउन सरकारी वकिललाई सर्वोच्चको पत्र

सर्वोच्च अदालतका मुद्दा तथा रिट महाशाखा अन्तर्गतको 'रिट क' शाखा प्रमुख चन्द्रप्रसाद पन्थीले शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयलाई जाहेरी दर्ता गरेर त्यसको जानकारी अदालतलाई पठाउन पत्राचार गरेका हुन् ।

कुमार पौडेलकी आमा दुर्गादेवीले छोराका हत्यामा संलग्नलाई कारबाही माग गर्दै सुरुमा प्रहरी कार्यालय र त्यसपछि सरकारी वकिलको कार्यालयमा जाहेरी दिन प्रयास गरेको भए पनि दर्ता गरिएको थिएन । त्यसपछि उनले सर्वोच्च अदालतमा जाहेरी दर्ता गरेर अनुसन्धान गर्न माग गर्दै निवेदन दिएकी थिइन् ।

उक्त निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशहरू अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालले गत मंगलबार सात दिनभित्र दर्ता गरी त्यसको जानकारी सर्वोच्च अदालतलाई गराउन आदेश दिएका थिए । उक्त आदेशबमोजिमको कार्य सम्पन्न गरी अदालतलाई जानकारी गराउन भन्दै सर्वोच्च अदालतले जिल्ला सरकारी वकिलको कार्यालय सर्लाहीलाई पत्राचार गरेको हो । पौडेल नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट सर्लाही इन्चार्ज थिए ।

सम्बन्धित समाचार

प्रकाशित : आश्विन १६, २०७८ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×