कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णालीका सभामुख पनि एमाले विधान महाधिवेशनका प्रतिनिधि

जयसिंह महरा

काठमाडौँ — कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाही पदीय मर्यादाविपरीत पार्टीको क्रियाकलापमा सहभागी भएका छन् । सभामुख शाही शुक्रबारबाट ललितपुरको गोदावरीमा सुरु भएको एमालेको विधान महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी भएका हुन् ।

कर्णालीका सभामुख पनि एमाले विधान महाधिवेशनका प्रतिनिधि

प्रदेशसभाको सभामुखमा निर्वाचित भएपछि पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका शाही पार्टीको प्रतिनिधि भएर एमाले विधान महाधिवेशनमा पुगेका हुन् । 'एमालेका प्रदेशसभा सदस्यहरू स्वत: विधान महाधिवेशनको प्रतिनिधि हुने व्यवस्था छ । सोहीअनुसार उहाँ सहभागी हुनुभएको हो,' एमाले कर्णाली प्रदेश कमिटीका एक नेताले बताए ।

शाहीले भने विधान महाधिवेशनमा सहभागिता र आफ्नो दलीय हैसियतबारे प्रतिक्रिया दिन मानेनन् । उनीसँग प्रतिक्रिया लिन खोज्दा पन्छिएका थिए । शाही एमालेबाट २०७४ सालको प्रदेशसभा निर्वाचनमा दैलेख निर्वाचन क्षेत्र नम्बर २ (ख)बाट प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित भएका थिए ।

एमालेबाट निर्वाचित प्रदेशसभा सदस्यमा निर्वाचित भएका अन्य प्रदेशसभाका सभामुख भने एमालेको विधान महाधिवेशनमा सहभागी भएका छैनन् ।

संघीय संसद्का सभामुख, उपसभामुख र अध्यक्ष, उपाध्यक्ष, प्रदेश सभाका सभामुख र उपसभामुले पार्टीका जिम्मेवारीबाट राजीनामा दिने र सो पदमा रहुन्जेल दलीय क्रियाकलापमा भाग नलिने अभ्यास छ ।


प्रकाशित : आश्विन १५, २०७८ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?