कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले-माओवादी एकीकरण ऐतिहासिक परिघटना थियो : ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०७५ जेठ ३ गते भएको माओवादी केन्द्रसँग भएको एकीकरण नेपाली कम्युनिस्ट पार्टीका लागि ऐतिहासिक भएको बताएका छन् । 

एमाले-माओवादी एकीकरण ऐतिहासिक परिघटना थियो : ओली

पहिलो विधान महाधिवेशनमा शुक्रबार राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले भने, 'एमाले-माओवादी एकीकरण नेपाली कम्युनिस्ट आन्दोलनका लागि ऐतिहासिक परिघटना थियो ।' ओलीले संसद्को प्रतिकूलताका कारण आफू नेतृत्वको सरकार कमजोर भएको पनि बताए ।

आफ्नो नेतृत्वमा २०७४ सालमा सरकार गठन भएसँगै पुष्पकमल दाहाल र माधवकुमार नेपालले कमजोर बनाउने काम गरेको उनले भने । एकतालाई असन्तुलित बनाउन नेपाल लगायतका नेताहरू दाहालसँग लागेको पनि ओलीले राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् ।

पार्टी भित्रैबाट सरकारलाई कमजोर बनाउने, सरकारका कामको प्रशंसा नगर्ने, उद्योगीलाई हतोत्साहित गर्ने र विदेशसँगको सम्बन्ध कमजोर बनाउने खेल भएको ‌ओलीको भनाइ छ । दाहालले पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी प्राप्त गरेपछि आफ्नो निवासलाई 'हेडक्वाटर' बनाएको पनि ओलीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् । त्यसपहिले पनि दाहालले कांग्रेससँग मिलेर सरकार बनाएको र एमालेलाई सत्ता बाहिर राखेको भन्दै राजनीतिक प्रतिवेदनमा असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रकाशित : आश्विन १५, २०७८ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?