२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

ओलीको आरोप : मधेसवादी दलले संविधान निर्माणमा बाह्य हस्तक्षेपको माग गरेका थिए

कान्तिपुर संवाददाता

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेसकेन्द्रित दलहरूले संविधान निर्माणमा बाह्य हस्तक्षेपको माग गरेको आरोप लगाएका छन् । 

ओलीको आरोप : मधेसवादी दलले संविधान निर्माणमा बाह्य हस्तक्षेपको माग गरेका थिए

शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु भएको पार्टीको प्रथम महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले विभिन्न बाह्य हस्तक्षेपका बाबजुद पनि एमालेको निर्णायक भूमिकाका कारण नेपालको संविधान जारी भएको बताएका हुन् । ‘संविधान निर्माणका क्रममा मधेसवादी दलहरूले बाह्य हस्तक्षेपको माग गरे,’ ओलीले भने, ‘कांग्रेस र माओवादीका कतिपय नेता हिंसा फैलाउने काममा लागेको पाइयो ।’

संविधान निर्माणका क्रममा एमालेले निर्णायक हस्तक्षेप गरेकाले जनताले चाहेजस्तो संविधान जारी भएको ओलीको भनाइ थियो ।


प्रकाशित : आश्विन १५, २०७८ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?