कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

राष्ट्रसंघकाे महासभामा सहभागी भएर फर्किए परराष्ट्रमन्त्री खड्का

कान्तिपुर संवाददाता

काठमाडौँ — परराष्ट्रमन्त्री नारायण खड्का संयुक्त राष्ट्र संघकाे ७६ औं महासभामा सहभागी भएर स्वदेश फर्किएका छन् । महासभामा काेभिड–१९, दिगाे विकास, पृथ्वीकाे आधारभूत आवश्यकता, मानव अधिकारकाे रक्षाबारे छलफल भएकाे बताए ।

राष्ट्रसंघकाे महासभामा सहभागी भएर फर्किए परराष्ट्रमन्त्री खड्का

काेभिड नियन्त्रणका लागि सबै देशका नागरिकलाई खाेप, आतंकवादकाे अन्त्यबारे महासभामा कुरा गरेकाे बताएका छन् । उनले सो क्रममा भारत, बंगलादेश, कुवेत लगायत देशहरूका परराष्ट्रमन्त्रीसँग पनि छल्फल भएको बताए ।


खड्का ६ असाेजमा न्यूयाेर्क गएका थिए । त्यहाँ उनले एमसीसी परियाेजनालाई अनुमाेदन गरेर अघि बढ्नुपर्ने बताएका थिए । गैरआवासीय नेपाली संघले आयाेजना गरेकाे कार्यक्रममा उनले एमसीसी नेपाल सरकारले मागेकाे परियोजना भएकाे जिकिर गरेका थिए । उनले एमसीसी संशोधन पनि नहुने बताएका थिए । राजनीतिक समझदारीमा अनुमाेदन गरेर कार्यान्वयन गर्नुपर्नेमा पनि उनकाे जाेड थियाे ।

प्रकाशित : आश्विन १४, २०७८ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?