३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

वैशाख अन्त्यसम्म सबैले पूर्ण खोप पाउनेछन् : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले वैशाखको अन्त्यसम्ममा सबै जनताले कोभिडविरुद्धको पूर्ण खोप पाउने दाबी गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले खोपलाई प्राथमिकतामा राखेको भन्दै दसैंसम्म ३३ प्रतिशत जनतालाई खोप लगाइसकिने बताए ।

वैशाख अन्त्यसम्म सबैले पूर्ण खोप पाउनेछन् : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

‘साढे २ महिनाको अवधिमा झन्डै १ करोड खोप लगाइसकेका छौं । हालसम्ममा १ करोड ७७ लाख खोप लगाइसकेको छौं । बालबालिकाहरुलाई मोडर्ना र फाइजर खोप सरकारले ल्याउने सुनिश्चितता गरिसकेको छ,‍’ उनले भने ।

मन्त्री श्रेष्ठले एक दिनमा ३ लाख जनतालाई खोप लगाएको भन्दै फ्रन्टलाइनर, शिक्षक, कर्मचारी, पर्यटन क्षेत्रका व्यक्तिहरु, होटल सञ्चालकलाई प्राथमिकता दिएको बताए । उनले सबै ठाउँका १८ वर्ष माथिकालाई खोप लगाउने र पर्यटकीय क्षेत्रमा पनि खोप अभियान सुरु गरिसकेको बताए ।

प्रकाशित : आश्विन १३, २०७८ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?