१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९०

ल्यान्डिङ गियरमा समस्या देखिएको जहाज उड्यो 

सुरज कुँवर

काठमाडौँ — ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ ।

ल्यान्डिङ गियरमा समस्या देखिएको जहाज उड्यो 

बुद्धका सिनियर क्वालिटी एसुरेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठका अनुसार उडानका क्रममा ल्यान्डिङ गियरको 'प्राइमरी इन्डिकेटर'मा समस्या देखिए पनि इन्जिनियरहरुले जाँच गर्दा कुनै त्रुटि भेटेनन् । उनले भने, 'हामीले सोमबार समस्या देखिएको भनिएको जहाजको पूरै परीक्षण गर्‍यौं । तर केही खराबी नदेखिएपछि ह्यांगरबाट उडानमा फर्कायौं ।'

उनले अगाडि भने, 'हामीले जहाजलाई ह्यांगरमा ज्याक राखेर उठायौं अनि १०/१२ पटक अन एयरमा जस्तै ल्यान्डिङ गियर (पाङग्रा) झार्‍यौं । बन्द गरी हेर्‍यौं । केही समस्या देखिएन । नर्मल नै देखियो ।'

इन्जिनियरले जहाज ठीक भएको रिपोर्टिङ नियमनकारी संस्था हवाई सुरक्षा विभागलाई गरेपछि उक्त जहाजलाई उडानका लागि अनुमति दिइएको विभागका एक अधिकारीले बताए ।

पाइलटले भनिरहे– ‘मेरो जहाजको चक्का हेरिदेऊ’

मंगलबार बिहान साढे १० बजेसम्म उक्त एटीआरले काठमाडौं-सिमरा दुईपटक उडान गरी काठमाडौंबाट पोखरातर्फ लागिसकेको थियो । बुद्धले मंगलबार त्यो जहाजबाट नेपालगञ्ज, पोखरा, जनकपुर र भैरहवा गरी ७ वटा उडान तालिका बनाएको छ ।

सोमबारको विराटनगरको उडानमा संलग्न क्याप्टेन आङ गेलु शेर्पा, को-पाइलट अमन अन्सारी र दुई जना एयरहोस्टेसलाई ‘डियुटी अफ’ मा राखिएको छ ।

यसैबीच सोमबार पोखरातर्फ उडेको बुद्धको ‘अल्फा जुलियट अक्सर’ एटीआर पनि उडानमा फर्काइएको छ ।

उक्त विमानमा कार्गो राखिने कम्पार्टमेन्टमा धुँवा देखिएको संकेत ककपिटमा देखिएको थियो । तर इन्जिनियरहरुले जाँच्दा केही समस्या देखिएको श्रेष्ठले बताए । ‘त्यो जहाजको स्मोक डिटेक्टर फल्ट देखाउने कम्पोनेन्ट नै फेर्‍यौं,’ इन्जिनियर श्रेष्ठले भने, ‘त्यहो जहाजमा मा पनि अहिले कुनै समस्या छैन । नर्मल उडान गरिरहेको छ ।’

प्रकाशित : आश्विन १२, २०७८ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?