२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३

एमाले केन्द्रीय कमिटीबाट ओलीको राजनीतिक प्रतिवेदन पारित

तीन वटा बुँदामा उपमहासचिव भुसालको फरक मत
कान्तिपुर संवाददाता

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवदेन केन्द्रीय कमिटीले पारित गरेको छ । च्यालसस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकमा राजनीति प्रतिवेदनमाथि उठेको जवाफ दिएपछि त्यसलाई पारित गरिएको हो ।

एमाले केन्द्रीय कमिटीबाट ओलीको राजनीतिक प्रतिवेदन पारित

बैठकमा अध्यक्ष ओलीले समूहगत रुपमा आएको सुझावलाई समेत समावेश गरेर राजनीतिक प्रतिवेदन तयार पारिने जनाकारी गराएका केन्द्रीय सदस्य नीरज आचार्यले बताए ।

तर राजनीतिक प्रतिवेदनमा रहेको तीन वटा बुँदामा उपमहासचिव घनश्याम भुसालले फरक मत राखेका छन् । उनले संसद् विघटन गर्नु गलत भएको कुरा स्वीकारेर जानुपर्ने, समाजवादी कार्यक्रमको र जबज कसरी कार्यान्वयन हुन्छ भनेर थप व्याख्या आवश्यक रहेको धारणा बैठकमा राखेका थिए ।

बैठकमा सोमबार स्थायी कमिटीको बैठकमा अन्य विषयहरुमा छलफल हुने जानकारी गराइएको थियो । त्यसैगरी सरकारले ल्याएको प्रतिस्थापन विधेयकको विरोध गर्ने समेत निर्णय बैठक गरेको छ । बैठकमा डेढ घण्टा लामो सम्बोधन गरेका अध्यक्ष ओलीले एकता प्रक्रियाबाट आएका सबैले पार्टीमा सुरक्षित वातावरणको अनुभूति गर्ने बताएका थिए ।

प्रकाशित : आश्विन १०, २०७८ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?