कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संसद् र सरकार सञ्चालनबारे सत्ता गठबन्धनबीच छलफल

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्ला राजनीतिक घटनाक्रम, संसद् र सरकार सञ्चालनका विषयमा सत्ता गठन्धनका शीर्ष नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान नेताहरुबीच छलफल भएको हो ।

संसद् र सरकार सञ्चालनबारे सत्ता गठबन्धनबीच छलफल

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले पछिल्ला राजनीतिक घटनाक्रम, संसद् र सरकार सञ्चालनका विषयमा छलफल भएको जानकारी दिइन् । उनले बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा ढिलाई भइसकेको भन्दै यथाशिघ्र नाम दिन भनेको बताइन् ।

‘मैले पनि मन्त्रिपरिषद् विस्तारमा ढिला भएकै विषयमा कुरा राखेँ । प्रधानमन्त्रीजीले मन्त्रीहरुको नाम छिटो दिनुस् भन्नुभएको हो,’ उनले भनिन्, ‘एकदुई दिनभित्रैमा टुंगोमा पुग्नुपर्छ भन्ने कुरा भएको छ ।’

बैठकमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशलाई निष्क्रिय बनाउने विषयमा समेत छलफल भएको थियो ।

छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, नेता महेन्द्रराय यादव लगायत सहभागी थिए ।

प्रकाशित : आश्विन १०, २०७८ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?