२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३६४

कांग्रेस प्रवक्ता शर्माले देउवालाई भेटेर के भने ? 

काठमाडौँ — कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवालाई भेटेर आसन्न महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेको जानकारी गराएका छन् । 

कांग्रेस प्रवक्ता शर्माले देउवालाई भेटेर के भने ? 

शर्माले शुक्रबार देउवालाई भेटेर लामो संवाद गरेको र महाधिवेशनको तयारीसँगै उम्मेदवारी घोषणाको विषयमा समेत जानकारी गराएको बताएका छन् । ‘पार्टी महाधिवेशनको तयारी, महामन्त्री उम्मेदवारी घोषणा, सरकारका उपलब्धि र कमजोरीलगायत विषयमा बालुवाटारमा पार्टी सभापति एवं सम्माननीय प्रधानमन्त्रीसँग लामै संवाद गरें,’ शर्माले भनेका छन्, ‘प्रचार विभागले महाधिवेशनपूर्व ‘चिन्तन चौधौं महाधिवेशन’ आयोजना गर्ने निर्णय गरेको पनि जानकारी गराएँ ।’

शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेलगत्तै अब राजनीतिमा परिवर्तन गर्नुपर्ने भन्दै एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक मात्रै सांसद बन्न पाउने गरी कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका थिए । जो पुनः पार्टी सभापति बनेर छैटौंपटक प्रधानमन्त्री बन्ने दौडमा रहेका देउवाका अघिल्तिर निकै आश्चर्यलाग्दो छ ।

भेटमा प्रवक्ता शर्माले तेजाब आक्रमण निरुत्साहित गर्ने अध्यादेश पारित गरेर अमानवीय प्रवृत्तिविरुद्ध राज्य कठोर बन्नुपर्ने सुझाव दिएको बताए । जवाफमा प्रधानमन्त्री देउवाले सरकारले नयाँ कानुन बनाएर कार्यान्वयन गर्ने बताएका थिए । ‘यो मानवीय र साझा विषय हो । नयाँ कानुन बनाउनमात्र होइन, कार्यान्वयन गर्न पनि सरकार लाग्छ, म प्रस्ट छु, र दृढ छु,’ देउवाले भनेका थिए ।

प्रकाशित : आश्विन ८, २०७८ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?