कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिंहदरबारमा कांग्रेस पदाधिकारी बैठक जारी, निस्किए देउवा 

काठमाडौँ — १४ औँ महाधिवेशनको कार्यतालिकाको विषयमा छलफल गर्न कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा भने बैठकमा सहभागी भएर केहीबेरमै निस्किएका छन् । 

सिंहदरबारमा कांग्रेस पदाधिकारी बैठक जारी, निस्किए देउवा 

केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादव र अन्य पदाधिकारीसहित महाधिवेशनको कार्यतालिकाका सन्दर्भमा नेताहरुबीच छलफल चलिरहेको छ । सहमहामन्त्री प्रकाशशरण महतका अनुसार बैठकले ९ असोजको गाउँ/नगर अधिवेशन र त्यसपछिका अधिवेशनका सन्दर्भमा निर्णय गर्न सक्ने बताए । ‘छलफल चलिरहेको छ । ६४ जिल्लाको वडा अधिवेशन सकिएको छ । अब १३ जिल्लाको वडा अधिवेशन गर्नुपर्नेछ । साथीहरुले ७५३ वटै स्थानीय तहको अधिवेशन एकैदिन गर्नुपर्ने प्रस्ताव ल्याउनुभएका छ,’ महतले ईकान्तिपुरसँग भने, ‘त्यही विषयमा छलफल भइरहेको छ ।’

बुधबार पनि पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बसेको थियो । बैठकले दसैंअघि पालिका अधिवेशनमात्रै गर्ने सहमति गरेको थियो । तर, पालिका तहको अधिवेशन ९ असोजमै हुने वा त्योभन्दापछि सबै जिल्लामा एकैपटक हुने भन्ने टुंगिएको छैन ।

प्रकाशित : आश्विन ७, २०७८ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?