कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
सडकमा सास्ती

घाेप्टे भिरमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध

रमेशकुमार पौडेल

चितवन — लगातार वर्षापछि मंगलबार राति पृथ्वी राजमार्गअन्तर्गत  इच्छाकामना गाउँपालिका-४  घोप्टे भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बाटो दुईतर्फी नै अवरुद्ध भएको छ । 

घाेप्टे भिरमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध

मध्य रातमा पहिरो गएको थियो । अहिले बुधबार बिहान पौने ५ बजेबाट पहिरो पन्छाउन थालिएको छ । सडक खुलाउन ३/४ घण्टा लाग्न सक्ने चितवन जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । ८/९ बजेयता बाटो खुल्ने सम्भावना नरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित : आश्विन ६, २०७८ ०६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?