२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४९

माओवादीमा वडा सदस्यदेखि केन्द्रीय अध्यक्षसम्म निर्वाचित भएर आउँछन् : पुन

काठमाडौँ — माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुनले पार्टीका सदस्यदेखि केन्द्रीय पदाधिकारी र अध्यक्ष निर्वाचित भएर आउने बताएका छन् । पुस ११, १२ र १३ गते हुने पार्टी राष्ट्रिय सम्मेलनबाट केन्द्रीय अध्यक्ष र पदाधिकारी निर्वाचित हुने र त्यसपहिले हुने प्रदेश र स्थानीय तहका सम्मेलन सम्बन्धित कमिटीका पदाधिकारी तथा सदस्य निर्वाचित हुने पुनले बताए । 

माओवादीमा वडा सदस्यदेखि केन्द्रीय अध्यक्षसम्म निर्वाचित भएर आउँछन् : पुन

'हाम्रो राष्ट्रिय सम्मेलन महाधिववेशनजस्तै हुन्छ । पार्टी संगठनको तल्लो तहदेखि नै प्रतिनिधि निर्वाचित गराएर त्यसमा सहभागिता हुन्छ,' उनले भने, 'वडा सदस्यदेखि केन्द्रीय अध्यक्षसम्म निर्वाचनको माध्यमबाट आउनुहुन्छ ।'

राष्ट्रिय सम्मेलन, प्रदेश, स्थानीय तह र वडा सम्मेलन गर्न पार्टीले बनाएको निर्वाचन आयोगले काम थालेको पनि पुनले जानकारी दिए । विष्णुपुकार श्रेष्ठको अध्यक्षतामा गठित निर्वाचन आयोगले निर्वाचन नियमावली, कार्यविधि र आचारसंहिताबारे केन्द्रीय तहमा रहने व्यक्तिहरूलाई प्रशिक्षण दिएको छ । निर्वाचन आयोगका केन्द्रीय सदस्यमा १ सय ८० केन्द्रीय सदस्य, ७ भौगोलिक र ३ गैरभौगोलिक गरी १० प्रदेशका प्रदेश निर्वाचन समितिमा ५-५ जना राखिएको छ ।

वडा सदस्यदेखि केन्द्रीय अध्यक्षसम्म २ लाख ८५ हजार निर्वाचित हुने दाबी पुनले गरेका छन् । पार्टीको सबै तहको निर्वाचन गर्नका लागि २५ हजार जनशक्ति खटिने पनि उनले जानकारी दिए ।

विगतमा मनोनीत हुने गरेको अवस्थामा यसपटक निर्वाचनमा जोड दिने माओवादीको योजना छ । त्यसैअनुसार केन्द्रदेखि स्थानीय तहसम्म संगठन निर्माण र निर्वाचनको तयारी भइरहेको उनले बताए ।

माओवादीले कांग्रेस र एमालेले जस्तो निर्वाचनको माध्यमबाट अगाडि बढ्ने तयारी गरेको छ । त्यसमा सहमति हुने अवस्था पनि रहने उनको भनाइ छ ।

प्रकाशित : आश्विन ५, २०७८ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?