कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

प्रतिनिधिसभाबाट बजेट पारित

काठमाडौँ — विपक्षी दल नेकपा एमालेको नाराबाजीबीच प्रतिनिधिसभाले २०७८/०७९ को बजेट पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ गते चालू आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए ।

प्रतिनिधिसभाबाट बजेट पारित

बजेट पारित पारित भएसँगै सरकारलाई खर्च गर्नका लागि बाटो खुलेको छ । अध्यादेशको समय गत बुधबार सकिएपछि खर्च गर्न बन्देज लागेको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले बहुमतले बजेट पारित भएको बताए ।

अध्यादेश बजेट ०७८ लाई प्रतिस्थापन गर्ने विधेयकमा सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । आन्तरिक ऋण ३७ अर्ब घटाइएको छ भने चालूतर्फको खर्च १० प्रतिशत कटौती गरिएको छ ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले कोभिड–१९ प्रभावितको जीवनरक्षा र शिथिल अर्थतन्त्रको पुनरुत्थानका लागि बजेट अभाव हुन नदिने बताएका थिए ।

अहिलेसम्म ५७ लाख ३० हजारले पहिलो मात्रा र ५१ लाखले दुवै मात्रा प्राप्त गरिसकेका छन् । सरकारले कोभिड १९ खोप खरिदको स्रोतको अभाव नहुने जनाएको छ । संवैधानिक व्यवस्थाअनुसार तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते बजेट अध्यादेश ल्याएका थिए ।

प्रकाशित : आश्विन ४, २०७८ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?