कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश प्रहरीको व्यवस्था गर्न निधिको आग्रह

काठमाडौँ — कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीयता र अहिलेको कानुनलाई बलियो बनाउनका लागि तत्काल सातै प्रदेशमा प्रदेश प्रहरीको व्यवस्था गर्न माग गरेका छन् ।

प्रदेश प्रहरीको व्यवस्था गर्न निधिको आग्रह

महेनन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आइतबार बानेश्वरमा संविधान दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीसँग सातै प्रदेशमा प्रदेश प्रहरीको व्यवस्था गर्न आग्रह गरेका हुन् । 'शेरबहादुरजीले प्रधानमन्त्री भइसकेपछि आफ्नो प्राथमिकता खोप, खोप, खोप भन्नुभएको थियो । संघीयता कार्यान्वयनका लागि अब प्रदेश प्रहरी, प्रदेश प्रहरी, प्रदेश प्रहरी,' उनले भने, 'संविधान पूर्ण छैन । यसलाई समयानुकूल संशोधन गर्नुपर्छ । अहिले संविधानलाई स्वीकार गर्नुको विकल्प छैन ।'

प्रदेश २ सरकारले संविधान दिवस नमनाए पनि भौतिक पूर्वाधारमन्त्री तथा कांग्रेस संसदीय दलका नेता रामसरोज यादव भने उक्त कार्यक्रममा उपस्थित थिए । मन्त्री यादवले सत्ता साझेदार जसपा र अर्को मधेसवादी लोसपाले संविधानको विरोध गरिरहेको प्रसंग उठाउँदै सरकारमा जाँदा फाइदा लिने असहज हुँदा विरोध गर्ने प्रवृत्ति त्याग्नुपर्ने बताए । समय अनुसार संविधानलाई परिवर्तन गर्दै संघीयतालाई बलियो बनाउनुपर्ने उनको भनाई थियो ।

प्रकाशित : आश्विन ३, २०७८ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?