२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८३

सरकारले दिएको पदक अस्वीकार गर्न न्यायाधीशहरुलाई नेम्वाङको आग्रह

काठमाडौँ — एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले सरकारले दिएको पदक फिर्ता गर्न न्यायाधीशहरुलाई आग्रह गरेका छन् । 

सरकारले दिएको पदक अस्वीकार गर्न न्यायाधीशहरुलाई नेम्वाङको आग्रह

सातौं संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आइतबार एमालेले आयोजना गरेको कार्यक्रममा नेता नेम्वाङले केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध भूमिका खेल्ने तथा सर्वोच्च अदालतमा मुद्दा मामिलाको प्रक्रियामा जाने कानुन व्यवसायी, व्यक्तिलगायत मुद्दाको फैसला गर्ने संवैधानिक इजलासमा बसेका व्यक्तिहरुले सरकारबाट पदक पाएको भन्दै अस्वीकार गर्न आग्रह गरेका हुन् ।

'म मान्य न्यायाधीशज्यूहरुलाई आदर गर्छु । त्यसैले यो कार्यक्रममार्फत उहाँहरुलाई आग्रह गर्छु, यस्तो सन्देश जान दिनु हुँदैन । यहाँहरुले तुरुन्तै यो दिएको मेडललाई हामी अस्वीकार गर्छौं भनेर अस्वीकार गरेको घोषणा गर्दिनुस् । मेरो मान्य न्यायाधीशज्यूहरुलाई यो आग्रह छ ।’

आफ्नो पार्टी नेतृत्वको सरकारलाईविस्थापित गर्ने र परमादेशबाट सरकार स्थापित भएको घोषणा गर्ने अदालतका सम्बन्धित मान्य न्यायाधीशहरु, सरकारका विरुद्धमा मुद्दा दर्ता गर्न सम्पूर्ण पहल र प्रयास गर्ने मुद्दावालाहरु, त्यसका पक्षहरुले महत्वपूर्ण मेडल पाएको नेम्वाङले उल्लेख गरेका छन् ।

नेता नेम्वाङले केन्द्र तथा प्रदेश सरकारमा समेत सहभागी भएर संसद्‌मा पनि सबै प्रक्रियामा सहभागी भएका राजनीतिक दलहरुले संविधान दिवस नमनाउने भन्नकुरा नसुहाएको बताए । संविधान स्वीकार्य भएको पनि उनको भनाइ थियो ।

प्रकाशित : आश्विन ३, २०७८ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?