कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्वप्रकाशको प्रस्ताव– ‘सांसद चार र प्रधानमन्त्री दुई पटकभन्दा नबनौं’

काठमाडौँ — कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिमा परिवर्तनको खाँचो भएको भन्दै २४ बुँदे अवधारणा पत्र सार्वजनिक गरेका छन् । कांग्रेसको आसन्न महाविधेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका शर्माले संविधान दिवसको सन्दर्भमा आइतबार झापाको विर्तामोडबाट ‘हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’ शीर्षक दिएर २४ बुँदे अवधारणा–पत्र सार्वजनिक गरेका हुन् ।

विश्वप्रकाशको प्रस्ताव– ‘सांसद चार र प्रधानमन्त्री दुई पटकभन्दा नबनौं’

शर्माले राजनीतिमा परिवर्तनका लागि चार पटकभन्दा धेरै सांसद बन्न नपाउने कानुनी व्यवस्था गर्न प्रस्ताव गरेका छन् । ‘राष्ट्रपति एक पटकभन्दा दुई पटक बन्न नपाउने व्यवस्था गरौं । अनि प्रधानमन्त्री, जतिसुकै क्षमतावान् भएपनि दुई पटकभन्दा बढी बन्न नपाइने व्यवस्था गरौं न । मन्त्री तीन पटकभन्दा बढी बन्न नपाइने व्यवस्था गरौं न,’ शर्माले भने, ‘अनि कसैले बा छाडिदिनुस् न भनेर कसैलाई भन्न जानुपर्छ र ?’

प्रवक्ता शर्माले अहिलेको राजनीतिक व्यवस्था ठीक भएको तर अव्यवस्थाको अन्त्यका लागि काम गर्न बाँकी रहेको बताएका छन् । उनले राजनीतिको छविमा पुनर्ताजगीको आकांक्षा, संविधान बनाउनेले संविधानप्रति इमान राखौं, संविधानप्रति विमति लोकतान्त्रिक हक, तर संविधानसभाको वैधानिकता कदर साझा कर्तव्य, सुशासन, पारदर्शिता र सदाचार, परिवर्तित राजनीतिको मूल संस्कार लगायत २४ बुँदामा राजनीतिक अवधारणा अघि सारेका छन् ।

‘बीपीले देशका लागि देख्नुभएको सपनालाई २१ औं शताब्दीको नेपाली युवाको आजको सपनासँग एकाकार गरेर ‘समय सापेक्ष सपना’ का साथ कांग्रेस अघि बढ्नु छ । यो यात्राले कांग्रेसको रुपान्तरण, सामाजिक परिवर्तन र भौतिक प्रगतितर्फको आकांक्षालाई सम्बोधन गर्न सक्नुछ, १४ औं महाधिवेशनका क्रममा यी समग्र विषयमा हामीले चिन्तन गर्नुछ,’ शर्माले भनेका छन् ।

प्रकाशित : आश्विन ३, २०७८ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?