कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्‍वासको मत नपाए सहजै सरकार छाडिन्छ : मुख्यमन्त्री शाक्य

राजकुमार कार्की

सिन्धुली — वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सरकार अल्पमतमा भएकाले विश्वासको मत नपाए सहजै छाड्ने बताएकी छन् । शनिबार सिन्धुली एमाले कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शाक्यले आफू विश्वासको मत लिने तयारीमा रहेको बताएकी हुन् ।

विश्‍वासको मत नपाए सहजै सरकार छाडिन्छ : मुख्यमन्त्री शाक्य

उनले बाध्यतापूर्ण जिम्मेवारी आइलागेकाले मुख्यमन्त्री पदमा रहनु परेको चर्चा गर्दै शाक्यले छोटो समयमा राम्रो काम गर्ने दाबी गरिन् ।

सरकारको समय छोटो भनेर दिनगन्ती गर्नुको सट्टा काममा जुटेको मुख्यमन्त्री शाक्यले बताइन् । एमालेभित्र यतिबेला समस्या आएका काम गर्न अप्ठेरो भइरहेको भन्दै मुख्यमन्त्री शाक्यले फुटले शक्ति पैदा नहुने भएकाले आमने-सामने भएर छलफल गर्नुपर्ने धारणा राखिन् ।

माधव नेपाललाई एमालेमा फर्किन अनुरोध गर्दै उनले पार्टीमा व्यक्ति ठूलो नहुने बताइन् । हरिहरपुरगढी गाउँपालिकाको महेन्द्रझ्याडीमा विद्यालय भवन उद्घाटनका लागि आएकी यहाँ आएकी हुन् ।

प्रकाशित : आश्विन २, २०७८ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?