कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमालेको सहयोगबिना एमसीसी संसद्‌बाट अनुमोदन गर्न ज्ञवालीको चुनौती

काठमाडौँ — एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आफूहरुको सहयोगबिना संसद्‌बाट एमसीसी पास गर्न चुनौती दिएका छन् । काठमाडौंमा शुक्रबार आयोजित ‘नयाँ सरकारको कूटनीतिक अभिमुखीकरण : सम्भाव्य विश्लेषण’ विचार गोष्ठीमा बोल्दै नेता ज्ञवालीले वर्तमान सरकारसँग बहुमत रहेकाले प्रतिपक्षी दलको सहयोगबिना एमसीसी संसद्‌बाट पास गर्न चुनौती दिएका हुन् ।

एमालेको सहयोगबिना एमसीसी संसद्‌बाट अनुमोदन गर्न ज्ञवालीको चुनौती

विगतमा एमाले नेतृत्वको सरकारले एमसीसी पास गर्न खोज्दा वर्तमान सत्ता गठबन्धनकै दलहरुले सडकमा आगो बालेको भन्दै सम्झौता गलत भए किन सम्झौता गरेको भन्ने उनले प्रश्नत गरे । एमाले स्थायी कमिटी सदस्य रहेका ज्ञवालीले सम्झौता सही थियो भने संसद्‍बाट पास गर्न किन रोकिएको हो भन्ने प्रश्न पनि गरे ।

नेता ज्ञवालीले एमसीसीलाई आन्तरिक राजनीतिको किचलोको विषय बनाउनु नहुने बताए । यसले छिमेकी राष्ट्रहरुमा देशको विश्वसनीयतालाई कमजोर गराउने उनको तर्क छ । उनले सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समस्याको रुपमा लिएको भन्दै सीमा समस्या नै नभएको चिनसँग भने सीमा समस्या देखाएर सम्बन्धमा चिसोपन निम्त्याउने काम गरेको बताए ।

एमसीसी पास गर्न प्रतिपक्षको सहयोग मागेको भन्दै उनले अब सरकारले संसद्‌मा प्रस्ताव ल्याएपछि मात्रै आफूहरुको धारणा सार्वजनिक गर्ने स्पष्ट पारे ।

प्रकाशित : आश्विन १, २०७८ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?