कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घण्टामा थपिए ११ सय ६५ कोरोना संक्रमित, १६ सय ८९ निको, ११ जनाको मृत्यु 

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ११ सय ६५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार २०८ पीसीआर परीक्षणमा बिहीबार थप ११ सय ६५ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ८१ हजार ९८९ पुगेको छ ।

२४ घण्टामा थपिए ११ सय ६५ कोरोना संक्रमित, १६ सय ८९ निको, ११ जनाको मृत्यु 

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ९७१ परीक्षणबाट ३४६ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार १७९ परीक्षणमा १ हजार ५११ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ८९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ४५ हजार २१५ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको छ ।

हालसम्म देशभर ४० लाख ६८ हजार ५९१ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २२० जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या २५ हजार ७७२ रहेको छ ।

प्रकाशित : भाद्र ३१, २०७८ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?