कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्थलीमा जिप खस्दा तीन जनाको मृत्यु

टीकाप्रसाद भट्ट

रामेछाप — काठमाडौंबाट ओखलढुंगाको खिजी जाँदै गरेको यात्रुवाहक जिप बिहीबार बिहान रामेछापको मन्थली नगरपालिका–६ कुनौरी भिरमा दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठका अनुसार प्रदेश ३–०१–०२३ च ३५१३ नम्बरको जिप दुर्घटनामा मृत्यु भएका मध्ये चालक लाक्पा शेर्पाको मात्र पहिचान खुलेको छ । अन्य दुई जनाको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा घाइते भएका १२ वर्षीय पेम्बा शेर्पालाई उपचारका लागि मन्थली अस्पताल पठाइएको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।पुष्पलाल मार्गमा पर्ने उक्त भिरमा साँघुरो सडकका कारण यसअघि पनि पटकपटक दुर्घटना हुने गरेको छ ।

प्रकाशित : भाद्र ३१, २०७८ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?