कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

८५ जना सह-सचिवको सरुवा [सूचीसहित]

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८५ जना सह-सचिवलाई सरुवा गरेको छ । मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुको काज सरुवा गरेका हुन् ।

८५ जना सह-सचिवको सरुवा [सूचीसहित]

मन्त्रालयका अनुसार उनीहरुको सरुवा मंगलबार गरिएको हो ।

वाग्मती प्रदेशका वन मन्त्रालयका सचिव महेश्वर ढकाललाई संघीय वन मन्त्रालयमा, त्यसैगरी सुदूर पश्चिमको उद्योग मन्त्रालयका सचिव यज्ञनाथ दाहाल वन मन्त्रालयमा, सुदूर पश्चिमको आन्तरिक मन्त्रालयमा सचिव चुडामणि पौडेल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा, प्रदेश नम्बरको भूमि व्यवस्था मन्त्रालयकी सचिव निरु दाहाल पाण्डे कृषि मन्त्रालयमा, प्रदेश नम्बर २ को भूमि व्यवस्था मन्त्रालयकी सचिव सम्झनाकुमार काफ्ले कृषि मन्त्रालयमा, वाग्मती प्रदेश भूमि सुधार मन्त्रालयकी सचिव मतिना वैद्य कृषि मन्त्रालयमा सरुवा भएका छन् ।

त्यसैगरी गण्डकी प्रदेश भूमि व्यवस्था मन्त्रालयकी सचिव सवनम शिवाकोटी अर्याल कृषि मन्त्रालयमा, लुम्बिनी प्रदेशको कृषि मन्त्रालयका सचिव रेवतीरमण पौडेल कृषि मन्त्रालयमा, कर्णाली प्रदेशको भूमि व्यवस्था मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्र कृषि मन्त्रालय सरुवा गरिएको छ । त्यसैगरी सुदूर पश्चिम कृषि मन्त्रालयका सचिव किसनलाल भट्ट कृषि मन्त्रालयमा सरुवा गरिएको छ ।

यी हुन् सरुवा भएका सह-सचिवहरुको सूची:


प्रकाशित : भाद्र २९, २०७८ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?