कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

लहानबाट अस्थायी चालक अनुमतिपत्र वितरण

भरत जर्घामगर

सिरहा — यातायात व्यवस्था कार्यालय लहानले मंगलबारबाट अस्थायी सवारी चालक अनुमतिपत्र बितरण कार्य सुरु गरेको छ । सवारी ट्रायल परीक्षा उत्तीर्ण गरेपनि सेवग्राहीहरुले स्मार्ट लाइसेन्स कार्डको लागि एक वर्ष कुर्नुपर्ने झन्झट अब अन्त्य भएको कार्यालयले जनाएको छ ।

लहानबाट अस्थायी चालक अनुमतिपत्र वितरण

मंगलबार कार्यालय परिसरमा पत्रकार सम्मेलन गरी अस्थायी सवारी चालक अनुमतिपत्र वितरण गरिएको थियो । ट्रायल परीक्षा उत्तीर्ण गरेपनि स्मार्ट लाइसेन्स कार्ड आउन एक वर्षसम्म लाग्दा त्यस अवधिसम्म यातायात कार्यालयले दिएको चिट बोकेर सवारी साधनहरु चलाउनु पर्ने बाध्यताको अब अन्त्य भएको यातायात कार्यालय लहानका निमित्त प्रमुख मिन भट्टराईले जानकारी दिए ।

ट्रायल परीक्षा उत्तीर्ण भएका सेवाग्राहीहरुलाई एक हप्ताभित्र क्यूआर कोर्डसहितको अस्थायी चालक अनुमतिपत्र कार्यालयले प्रदान गर्ने भट्टराईले जानकारी दिए । उनले अब कसैलेपनि चिट बोकेर सवारी साधन चलाउनुनपर्ने बताए ।

देशभरीका यातायात कार्यालयको ३२ शाखामध्ये काठमाडौं, जनकपुर, महत्तोरीको बर्दिबास र सिरहाको लहानबाटमात्र अस्थायी चालक अनुमतिपत्र वितरण हुन थालेको यातायात कार्यालय लहानका नायव सुब्बा विजय दाहालले जानकारी दिए ।

प्रकाशित : भाद्र २९, २०७८ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×