कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

सरकारले निकासा गरेको बजेट अनुसार आवश्यक मल खरिद गर्न सकिने अवस्था छैन : कृषि सचिव

काठमाडौँ — कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यले सरकारले निकासा गरेको बजेट अनुसार आवश्यक मल खरिद गर्न सकिने अवस्था नभएको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले रासायनिक मलको आपूर्ति, सञ्चिति र वितरणको अवस्थाका सम्बन्धमा गरेको छलफलमा सचिव आचार्यले यस्तो बताएका हुन् । 

सरकारले निकासा गरेको बजेट अनुसार आवश्यक मल खरिद गर्न सकिने अवस्था छैन : कृषि सचिव

रसायनिक मलको मूल्य धेरै बढिरहेकाले सरकारले निकासा गरेको बजेट अनुसार आवश्यक मल खरिद गर्न नसकिने उनले बताए । भारतसँग मल खरिदसम्बन्धी गरिएको सम्झौता अनुसार मल आयात भए मलको संकट कम हुने उनले बताए । उनले भने,'पछिल्लो बजेटबाट ३ लाख मेट्रिक टन मल किन्ने भनिएको छ अहिलेको मलको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढिरहेको छ । निकासा गरेको बजेट अनुसार आवश्यक मल खरिद गर्न सकिने अवस्था छैन । '

यस्तै, अक्टोबरसम्म ७० हजार मेट्रिक टन रासायनिक मल आयात भइसक्ने उनले बताए । सचिव आचार्यले २० सेप्टेम्बरमा १० हजार मेट्रिक टन युरिया आइसक्ने र सेप्टेम्बरको अन्तिमसम्ममा डीएपी ५ हजार मेट्रिक टन उत्तरी नाकाबाट आउने बताए ।

समितिको बैठकमा सांसदहरुले खरिद प्रक्रियामा सहजीकरण गर्नुपर्ने र सार्वजनिक खरिद ऐनले यसमा अफ्ठ्यारो पारिरहेको बताएका थिए । बैठकमा रासायनिक मलको तत्कालीन समस्या कसरी हल गर्ने र यसबारेमा नीति, योजना बनाएर कार्यान्वयनमा लैजानुपर्ने धारणा सांसदहरुले राखेका थिए ।

प्रकाशित : भाद्र २८, २०७८ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?