राष्ट्रिय सभामा एमालेको विरोध जारी

काठमाडौँ — नेकपा एमालेका सांसदहरुले आफ्नो विरोध कार्यक्रम जारी राखेको छ । एमालेको विरोधबीच प्रतिनिधिसभाले सुझावसहित पठाएको लोकसेवा आयोग ऐन, २०७५ लाई विधेयकको प्रतिवेदन प्रस्तुत गरिएको छ । 

राष्ट्रिय सभामा एमालेको विरोध जारी

विधायन समितिको तर्फबाट सांसद ठगेन्द्रप्रकाश पुरीले विधेयक प्रस्तुत गरेका थिए ।

बैठक सुरु हुनेबित्तिकै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख अग्निप्रसाद सापकोटाको भूमिका निष्पक्ष नभएको र एमाले विभाजनमा भूमिका खेलेको आरोप लगाउँदै आफ्नो विरोध जारी रहने बताएका थिए । प्रतिवेदन पेस भए पनि अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

प्रकाशित : भाद्र २८, २०७८ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?