कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घण्टामा ८३८ जना कोरोना संक्रमित थपिए, १ हजार ४२३ संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा ८३८ जनामा कोरोना संक्रमण देखिएको छ । ७ हजार ८७८ जनाको पीसीआर परीक्षण गर्दा ८३८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

२४ घण्टामा ८३८ जना कोरोना संक्रमित थपिए, १ हजार ४२३ संक्रमणमुक्त

यस्तै, ३ हजार १४० एन्टिजेन परीक्षण गर्दा ७३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा १ हजार ४२३ जना संक्रमणमुक्त भएका छन् । १३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ७५७ छ ।

हालसम्म नेपालमा कोरोनाबाट ७ लाख ७७ हजार १६३ जनामा संक्रमण भएको छ भने ७ लाख ३९ हजार ४५७ जना निको भएका छन् । यस्तै, कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९४९ पुगेको छ ।

प्रकाशित : भाद्र २७, २०७८ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?