कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'प्रधानमन्त्रीज्यू, संसद् यसरी नै कहिलेसम्म चल्छ ?', देउवा : ओलीजीलाई साेध्नु

काठमाडौँ — प्रतिनिधिसभाको बैठक बेरोकटोक चल्नेबारे एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सोध्न प्रधानमन्त्री शेरबहादुर देउवाले सुझाएका छन्  ।

'प्रधानमन्त्रीज्यू, संसद् यसरी नै कहिलेसम्म चल्छ ?', देउवा : ओलीजीलाई साेध्नु

प्रतिनिधिसभाको आइतबारको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुले– 'प्रधानमन्त्रीज्यू, संसद् यसरी नै कहिलेसम्म चल्छ ?' भनेर प्रश्न गरेका थिए । जवाफमा प्रधामन्त्री शेरबहादुर देउवाले – 'ओलीजीलाई सोध्नुहोला' भनेर संक्षिप्त प्रतिक्रिया दिए ।

आइतबारको प्रतिनिधिसभा बैठकमा पनि एमाले सांसदहरुले अवरोध गरेका थिए ।सभामुख अग्नीप्रासद सापकोटाले प्रतिनिधिसभाको बैठक सुरु गर्ने बित्तिकै एमाले सांसदहरु नाराबाजी गर्दै वेल घेर्न पुगेका थिए । पार्टीले निष्कासन गरेका १४ जना सांसदलाई संसद् बैठकमा भाग लिन लगाएसम्म प्रतिनिधिसभा बैठक चल्न नदिने अडान एमालेले लिँदै आएको छ ।

प्रतिनिधिसभाको आगामी बैठक भदौ २९ गते मंगलबार एक बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रकाशित : भाद्र २७, २०७८ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?