कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले स्थायी कमिटी बैठक सर्‍यो 

काठमाडौँ — एमाले स्थायी कमिटी बैठक बैठक सरेको छ । शक्रबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक शनिबार बिहानसम्मका लागि स्थगित भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमाले स्थायी कमिटी बैठक सर्‍यो 

उनका अनुसार शनिबार बिहान ९ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानमा च्यासलमा बैठक बस्नेछ ।

यो बैठकको एजेन्डामा विधान महाधिवेशनको प्रतिनिधि छनोट, दस्तावेज निर्माण र व्यवस्थापन रहेको एमालेले जनाएको छ । साथै संसद्को चालु अधिवेशनमा पार्टीको भूमिकालगायत विषय पनि रहेको सचिव तामाङले बताए ।

एमालेको विधान महाधिवेशन असोज ४ देखि ६ गतेसम्म गर्ने तयारी छ ।

प्रकाशित : भाद्र २५, २०७८ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?