कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्र बैंकले भन्यो, 'क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी'

क्रिप्टोकरेन्सी कारोबार नगर्न निर्देशन
इकान्तिपुर डेस्क

काठमाडौँ — क्रिप्टोकरेन्सीको कारोबारलाई नेपाल राष्ट्र बैंकले गैरकानुनी भनेको छ । एक सूचना जारी गर्दै बिहीबार बैंकले क्रिप्टोकरेन्सी गैरकानुनी रहेको ठहर गर्दै कारोबार गर्नेलाई कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएको हो । 

राष्ट्र बैंकले भन्यो, 'क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी'

राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार नगर्न/नगराउन सबैलाई आग्रह पनि गरेको छ ।

पछिल्लो समय क्रिप्टोकरेन्सीको कारोबार, प्रयोगमा संलग्न हुन प्रोत्साहन गर्ने गरेको पाइएको बैंकका कार्यकारी निर्देशक रामु पौडेलद्वारा जारी सूचनामा भनिएको छ । विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ ले दिएको अधिकार प्रयोग गरी यो सूचना जारी गरिएको हो ।

राष्ट्र बैंकले क्रिप्टोकरेन्सीबाट सर्वसाधारणहरु ठगिएका गुनासाहरु समेत आएको बताएको छ ।

प्रकाशित : भाद्र २४, २०७८ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?